Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अशोज ११ मा हुने राष्ट्रिय लोक दोहोरी अवार्डमा २४ विधामा अवार्ड प्रदान गरिने


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 541
    SHARES

  • images
    अशोज ११ मा  हुने राष्ट्रिय लोक दोहोरी अवार्डमा २४ विधामा अवार्ड प्रदान गरिने

    काठमाडौं । “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०८०” राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको आयोजनामा साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा अशोज ११ गते सम्पन्न हुँदै छ । हिजो रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी बिबिध बिषयमा जानकारी गराईएको थियो । अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित यस अवार्डको आयोजना गर्न लागिएको हो ।

    images
    images
    images

    “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड - २०८०” बिभिन्न २४ वटा बिधामा बितरण गर्न लागिएको छ भने लाईफटाईम अचिप्मेन्ट अवार्ड कृष्ण सुधा ढुंगाना, उपत्यका समन्वय बिशिष्ट सम्मान (बेबारिसे लास ब्यवस्थापन कि सदस्य) सपना रोका, संस्थागत सम्मान पुरुषोत्तम न्यौपाने, लोक दोहोरी अवार्ड बिशेष सम्मान शिब हमाल, दशकका श्रष्टा सम्मान एक नारायण भण्डारी, सदाबहार लोक गीत सम्मान बाबरी फुलको बोट (पाण्डब सुनुवार), लोक पत्रकारिता पुरस्कार राजकुमार रायमाझी, दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशु आदीलाई प्रदान गरिने कुरा पत्रकार सम्मेलनमा घोषणा गरिएको थियो ।

    उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगरको अध्यक्षता पत्रकार सम्मेलन भएको थियो भने प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझी, प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका सल्लाहकार पृथ्बी थकाली, प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष अमृत अधिकारी, प्रतिष्ठानका केन्द्रिय सचिव पिएन सापकोटा, प्रतिष्ठानका केन्द्रिय सह सचिव राज कुमार रायमाझी, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

    आयोजक कमिटीका अध्यक्ष अर्जुन थापा मगरले “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०८०” लाई सभ्य तथा भब्य रुपमा सफल पारिदिन अनुरोध गर्दै कलाकार र पत्रकारलाई प्रतिस्पर्धा नगराएर सिधै सम्मान गर्न लागिएको कुरा पनि जानकारी गराए । यस पत्रकार सम्मेलनको कार्यक्रम सञ्चलान उपत्यका समन्वय समितीका सचिव रमेश बाबु थापाले गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ