Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बुद्ध धर्म गुरूको उपस्थितिमा महाभिषेक कार्यक्रम हुँदै


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 278
    SHARES

  • images
    बुद्ध धर्म गुरूको उपस्थितिमा महाभिषेक कार्यक्रम हुँदै

    काठमाडौं। बुद्ध धर्मका विख्यात गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ। सोमबार बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको हो।

    images
    images
    images

    संघका अध्यक्ष मुकुन्द विष्टले अवलोकितेश्वरको महाभिषेकले विश्वजगत र प्राणीमा सद्भाव बढाउने बताए। उनले भने,‘विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक उर्जा र सद्भाव प्रवाह गर्न महाभिषेक गर्न लागेका हौँ ।’ उनले करूणााका प्रतिमूर्ति मानिने ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेद्वारा प्रदान गरिने महाभिषेकले सम्पूणर् मानव समुदायलाई सकारात्मक प्रेरणा दिने बताए।

    सोही संघका धर्मधर नारायण प्रसाद रिजालले हिंसा, युद्ध, शक्तिको होडबाजीजस्ता मानव सिर्जित समस्याले आक्रान्त रहेको समस्या यस्ता गतिविधिले शान्तिको मार्ग देखाउने बताए।

    ‘साधनाका लागि काठमाडौँको आफ्नै महत्व छ। यो धार्मिक रुपमा पवित्र स्थल हुनुका साथै साधनाका लागि उपयुक्त छ। गुरूलाई विशेष आग्रह गरिएकोले उहाँले यो समयमा यहाँ महाभिषेक गर्न तयार हुनुभयो । यो कार्यक्रम सबैका लागि खुल्ला छ, सहभागी हुन सक्नुहुनेछ।’

    कार्यक्रममा इन्टरनेशनल बुद्धिस्ट एकेडेमीका अध्यक्ष खेन्पो जोर्डनले साक्या परम्परा र गुरूको बारेमा जानकारी दिए। उनले गुरू साक्या समुदायको ४१ औँ सिद्ध र सुयोग्य रहेकाले उहाँद्वारा हुने महाभिषेकमा सहभागी हुनु आफैँमा सूवणर् अवसर रहेको बताए।

    ‘धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको काठमाडौँमा गरिएका प्रार्थनाले पछिल्ला विपत्तीबाट हामीलाई बचाएको जस्तो लाग्छ। यो महाभिषेकले सद्भाव बढाउँदै शान्ति कायम गर्न प्रेरित गर्छ’, उनले भने।

    विभेद, वैमनस्य र विश्वासको संकट गहिरो बन्दै गइरहेको सन्दर्भमा चारै बौद्ध सम्प्रदायबाट सम्मानित, धेरै मण्डलहरुको सिद्धि गरिसकेका महामण्डलाधिपति महान् गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने महाअभिषेक सम्पूणर् मानव जातिमा शान्ति, परस्पर सद्भाव र मैत्रीको सञ्चार गर्ने पवित्र उद्देश्यले गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

    नेपालमा परापूर्वकालदेखि समग्र हिमाली क्षेत्रका साथै नेपालमण्डल, पहाड र तराई क्षेत्रमा पनि आर्य अवलोकितेश्वरको विशेष कृपा भएको कुरा यहाँका रीति, रिवाज, जात्रा, परम्परा आदि धेरै सांस्कृतिक पक्षहरूमा प्रतिविम्बित रहेको छ।

    चीन र भोटक्षेत्रका धेरै पूर्वगुरुहरुले पनि नेपालमा रहेर बुद्धका शिक्षा र बज्रयानका उपदेशहरुलाई सिक्ने र यहाँबाटै भारत, श्रीलङ्का, म्यान्मार, क्याम्बोडिया, लाओस्, इण्डोनेशिया आदि मुलुकमा बिस्तार गरेका थिए।

    त्यसैले नेपाली भूमिमा रहेर सद्धर्मको श्रवण, अध्ययन या चिन्ततन(मनन र अभ्यास गर्नु सबैका लागि प्रेरणास्पद हुने उद्देश्यका साथ महाअभिषेक आयोजना गर्न लागिएको आयोजकले जानकारी दिए।

    यस महाभिषेकमा हजारौं सर्वसाधारणको उपस्थिति हुने र नेपालबाहिरका बौद्ध पथमार्गीहरुको समेत सहभागिता हुने आयोजकको अपेक्षा छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ