Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मध्यपूर्व क्षेत्रीय संयोजकमा युएईका रमेश श्रेष्ठद्वारा उमेदवारी


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 295
    SHARES

  • images
    मध्यपूर्व क्षेत्रीय संयोजकमा युएईका रमेश श्रेष्ठद्वारा उमेदवारी

    युएई। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि श्रमिकको हकहितमा सहभागिता एनआरएनए मध्यपूर्वको आवश्यक्ता’ भन्ने मूल नारा सहित युवा व्यवसायी रमेश श्रेष्ठले मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।

    images
    images
    images

    श्रेष्ठले एनअनारएको आगामी ११ औं अन्तरराष्ट्रिय महाधिवेशनमा २०२३-२०२५ कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। सन २०१० देखि निरन्तर एनआरएनएमा जोडिएका श्रेष्ठले यूएईको एनसीसी सदस्य, उपाध्यक्ष हुँदै २०१७-१९ को कार्यकालमा अध्यक्ष भएर सफल नेतृत्व गरिसकेका छन्।

    आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘लामो समयदेखि एनआरएनए यूएईको विभिन्न तहमा रहँदै आफूले एनआरएनए युएइको नेतृत्व गर्दा र तत्पश्चात समेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिदिन एनआरएनए मध्यपूर्वका अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरूलाई आग्रह गरेका छन्।

    उनले सबै अभियन्ताहरुको सुझाब र आग्रहलाई स्वीकार्दै आफूले उम्मेदवारी घोषणा गरेको दावी गरे। उनले सिंगो मध्यपूर्वका गैर आवासीय नेपालीहरु र सम्पूणर् राष्ट्रिय समन्वय समितिहरूको साथ सहयोग र अभूतपूर्व माया पाउनेमा विश्वस्त रहेको बताए।

    श्रेष्ठले एनआरएनए मध्यपूर्वको नेतृत्वमा अवसर पाए यस क्षेत्रमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या समाधानका लागि अहोरात्र खट्ने प्रणसमेत गरेका छन। उनले समान कामको असमान ज्याला दिने प्रणाली सुधार गर्न सरोकारवाला पक्ष र राज्यको ध्यानाकर्षण गराउने बताए।

    यसैगरी सबै नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्द गराउन विशेष कार्यक्रम सञ्चालन गर्ने, विशेषगरी ‘ब्लु क्याटोगेरी’का श्रमिकलाई सामाजिक सुरक्षा कोषको फाईदा र आवश्यकताका बारेमा जानकारी गराई अनिवार्य आवद्द हुने वातावरण बनाउन पहल गर्ने बताए। थोरै बोलेर धेरै काम गर्ने आफ्नो योजना रहेको श्रेष्ठले बताए ।

    उनले संस्कृति र पर्यटन प्रवर्द्धनका लागि मध्यपूर्वका विभिन्न देशमा यससम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने समेत बताएका छन्।

    अप्ठ्यारोमा परेका नेपालीहरुको राहत र उद्दारका लागि सम्बन्धित देशका एनसीसीहरुसँग समन्वय गरी अगाडि बढ्ने र स्वदेश फर्किएकाहरुको पुनःस्थापनाका लागि नेपाल सरकार र वैदेशिक रोजगार विभाग सँग समन्वय गरी प्याकेजमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने श्रेष्ठले प्रतिबद्धता गरेका छन्।

    श्रेष्ठले एनआरएनए मध्यपूर्वको नेतृत्वमा अवसर पाए यस क्षेत्रमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या समाधानका लागि अहोरात्र खट्ने प्रण समेत गरेका छन्।

    उनले संस्कृति र पर्यटन प्रवर्द्धनका लागि मध्यपूर्वका विभिन्न देशमा यससम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने समेत बताएका छन्।

    अप्ठ्यारोमा परेका नेपालीहरुको राहत र उद्दारका लागि सम्बन्धित देशका एनसीसीहरुसंग समन्वय गरी अगाडि बढ्ने र स्वदेश फर्किएकाहरुको पुनःस्थापनाका लागि नेपाल सरकार र वैदेशिक रोजगार विभागसँग समन्वय गरी प्याकेजमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने श्रेष्ठले प्रतिबद्धता ब्यक्त गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ