Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

असोज २६ बाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी-२’ सेन्सर पास


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 288
    SHARES

  • images
    असोज २६ बाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी-२’ सेन्सर पास

    काठमाडौं। असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी-२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ। केद्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी-२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो।

    images
    images
    images

    प्रदर्शनको झण्डै ३ साताअघि आइतवार साँझ चलचित्रको सेन्सर गराइएको थियो। सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन।

    सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए। मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरुले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए।

    ‘देशको जल्दोबल्दो कथा रहेछ। प्रत्येक घर-घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ। चलचित्र हेरेर मज्जा आयो। यस्तो चलचित्रहरु चल्छ भनेर शुभकामना दिनुभयो।’

    चलचित्रको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए ।

    चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ।

    युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन्। प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ। गायनमा स्थापित प्रकाशको यो डेब्यु चलचित्र हो। विभिन्न हिसावले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रुपमा हेरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ