काठमाडौं । नेपाल पञ्चाङ निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ। समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।
इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिंगो काटिएको थियो। यही असोज ६ गते लिंगोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो। आज लिंगोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


