Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुत्केरी महिलाको ज्यान खतरामा,उद्धारका लागि पहल


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 388
    SHARES

  • images
    सुत्केरी महिलाको ज्यान खतरामा,उद्धारका लागि पहल

    बाजुरा । जिल्लाको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका-१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुनपुग्दा उनको ज्यान जोखिममा परेको छ ।

    images
    images
    images

    उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा पुगेकोे स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो ।

    सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताए । उक्त घटनाका सम्बन्धमा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ