Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पशुबलि निषेधको आह्वान गर्दै काठमाडौंमा र्‍याली


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 317
    SHARES

  • images
    पशुबलि निषेधको आह्वान गर्दै काठमाडौंमा र्‍याली

    काठमाडौं। दशैंको पूर्व सन्ध्यामा विभिन्न प्रकृतिप्रेमी तथा आध्यात्मिक संस्थाहरूले काठमाडौँमा शनिवार बिहान पशुबलिविरुद्ध र्‍याली निकालेका छन्। विगत दुई दशकयता ‘पशुबलि निषेध चेतना अभियान’ले दशैं अघिको छेको पारेर पशुहिंसा निषेधको आव्हानसहित जागरण र्याली निकाल्ने गरेका छन्।

    images
    images
    images

    र्‍यालीमा नेपाल शाकाहारी संघ र नेपाल विशुद्ध शाकाहारी (भिगन) संघको सहभागिता थियो। बौद्धमार्गी, ओशोपन्थी, कबिरपन्थी, वैश्णव, प्रणामी, ब्रम्हकुमारी संस्था, साइपन्थी, ‘सुप्रिम मास्टर्समार्गी’, नास्तिकजन तथा शाकाहारको वकालत गर्ने आध्यात्मिक संस्थाहरूको र्‍यालीमा सहभागिता थियो।

    र्‍याली भद्रकालीमा सुरु भइ न्युरोडको जुद्ध सडक हुँदै रत्नपार्कमा आई कोणसभामा टुङ्गिएको थियो। र्‍यालीको समापनमा बोल्दै पशुबलि निषेध चेतना अभियानका मुख्य अभियन्ता तथा संस्कृतिविद डा. गोविन्द टन्डनले वातावरण रक्षादेखि मानव स्वास्थ्यको लागिसमेत पशुजन्य भोजन कम गर्नुपर्ने तर्क राखे। उनले भने, ‘मन्दिरमा होस् या वधशालामा, कतै पनि पशु नमारीकन पनि मानव जीवन चल्न सम्भव छ। अबको मानव जाति त्यसतर्फ लाग्नुपर्छ।’

    शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले सबै प्राणीलाई बाँच्ने रहर हुने भन्दै आजको युगमा पशुबलिमात्रै नभएर पशुजन्य भोजन पनि अनुचित भएको तर्क राखे। उनले भने, ‘पृथ्वी सबैको साझा घर हो, तर हामीले पशु र प्रकृतिको अति दोहन गरेकै कारण आज जलवायु परिवर्तनलगायत समस्या निम्तेको छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ