Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

तेह्र फिट लामो गोहीको मुखमा महिलाको अंग भेटियो


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 465
    SHARES

  • images
    तेह्र फिट लामो गोहीको मुखमा महिलाको अंग भेटियो

    काठमाडौं । अमेरिकाको फ्लोरिडामा १३ फिट लामो गोहीको मुखमा एक महिलाको अवशेष भेटिएपछि प्रहरीले मारेको छ । एक प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई लार्गो नहरमा गोहीले मानिसलाई मुखमा बोकेको देखेको बताए ।

    images
    images
    images

    गोही मारिएको र मुखमा ४१ वर्षीया सब्रिना पेकहमको अवशेष भेटिएको अधिकारीहरूले बताएका छन्। उनीहरूले यस घटनाको अनुसन्धानपछि मात्रै ती महिलाको मृत्यु के कारणले भएको हो थाहा हुने बताए ।

    प्रत्यक्षदर्शीका अनुसार उनी जागिरको अन्तर्वार्ता दिन जाँदै थिए र बाटोमा गोहीको मुखमा मानव शरीरको तल्लो भाग रहेको देखे र केहीबेरमै पानीमा झरेको प्रत्यक्षदर्शीले बताए ।

    परिवारले पीडितको लागि पैसा जुटाउने पृष्ठमा उनी मृत्यु हुनुअघि जङ्गल क्षेत्रमा रहेको शिविरमा बस्दै आएको बताए ।

    घटनामा ब्रोना डोरिसले आफूलाई पीडितकी छोरी भएको बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘अँध्यारोमा उनी आफ्नो क्याम्प नजिकै पानीतिर हिँडिरहेकी थिइन्, गोहीले आक्रमण गरे ।’

    प्रहरीका अनुसार गोहीलाई पानीबाट बाहिर निकालिएको छ भने गोताखोरको टोलीले महिलाको शव पनि बरामद गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ