Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 333
    SHARES

  • images
    महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई

    काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले संविधानको धारा २४० अनुसार संवैधानिक परिषद्बाट महालेखापरीक्षक नियुक्ति हुने प्रावधान रहेको उल्लेख गरे ।

    संविधानमा खोट भएर संस्थालाई स्वतन्त्र र स्वायत्त बन्न नदिएको भए त्यसलाई संशोधन गर्न आवश्यक रहेको उनले बताए । न्यायाधीशको परीक्षामा ‘फेल’ भएकाहरूलाई सरकारले न्यायाधीश बनाउनु देशका लागि विडम्बनापूणर् अवस्था रहेको उनले टिप्पणी गरे ।

    सचिव वा मुख्यसचिवहरूको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेकामा उनले जोड दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ