Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ईः अभियानप्रति कांग्रेस नेता नैनसिंह महरको ऐक्यवद्धता


ग्लोबल पाना
मंगलबार, असोज ९ २०८०
  • 359
    SHARES

  • images
    ईः अभियानप्रति कांग्रेस नेता नैनसिंह महरको ऐक्यवद्धता

    काठमाडौं । कांग्रेसका केन्द्रीय युवा सदस्य नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यवद्धता जनाएका छन्।

    images
    images
    images

    १९९ घन्टा लगातार राष्ट्रिय सभागृहबाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्ट्रिय सभागृह पुगेका हुन्।

    अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजी-रोटीका लागि व्यापार गरिरहेका मानिसको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए।

    उनले आफूआवद्ध पार्टी कांग्रेसले पनि गम्भीरतापूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमी लिने बताए। ईःलाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेता-कार्यकर्तादेखि अभियानकर्मीहरू राष्ट्रिय सभागृह पुग्ने क्रम जारी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ