चीन । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत मंगलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ। मंगलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वणर् २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ।
यस्तै दक्षिण कोरिया १४ स्वणर्, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। जापान आठ स्वणर्, २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान पाँच स्वणर्, ६ रजत र ११ कास्यसहित २२ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ।
यस्तै हङकङ चाइना पाँच स्वणर्, चार रजत र १० कास्य सहित कुल १९ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ।
यसैगरी भारत तीन स्वणर्, तीन रजत र ६ कास्यसहित १२ पदकका साथ छैटौं स्थानमा छ। इन्डोनेसिया तीन स्वणर्, एक रजत र पाँच कास्यसहित नौ पदकका साथ सातौं, चाइनिज ताइपेई दुई स्वणर्, तीन रजत र तीन कास्यसहित आठ पदक प्राप्त गर्दै आठौं, थाइल्याण्ड दुई स्वणर् र पाँच कास्यका साथ नवौँ तथा इरान एक स्वणर्, चार कास्य र पाँच कास्य पदक प्राप्त गर्दै पदक तालिकाको १०औं स्थानमा रहेका छन्।
एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २९ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ। नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलबाट नेपालले हालसम्म पदक प्राप्त गर्न सकेको छैन।
१९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ। मंगलबार पुरूष एक सय किलोमाथिको तौल समूहमा नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए।
उनलाई प्रिक्वाटरफाइनलमा काजकिस्तानका खेलाडीले पराजित गरे। यस्तै महिला ७८ किलोमाथिको तौल समूहमा नेपालकी आकृति जोशी उज्वेकिस्तानकी खेलाडीसित इप्पोनकै आधारमा पराजित भइन्। जुडोमा नेपालबाट पुरूषतर्फ चार तथा महिलातर्फ चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
रग्बीमा नेपाल सबै खेलमा पराजित भएको छ। रग्बी सेभेन्समा नेपालको पुरुष टोली सबै खेलमा पराजित भयो। मंगलबार भएको खेलमा नेपाल ओसिए इन्डिपेन्डेन्ट एथ्लेटिक टोलीसित ६८-० अंकले पराजित भएको हो।
प्रतियोगितामा नेपाल आफ्ना सबै ६ खेलमा पराजित भयो। समूह डी मा रहेको नेपाल समूह चरणमा युएई, चीन, अफगानिस्तान, थाइल्याण्ड र फिलिपिन्ससित पराजित भएको थियो।
यसैगरी तेक्वान्दोमा पनि मंगलबार प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी आ आफ्नो स्पर्धामा पराजित भए। नेपालका गोविन्दबहादुर आले पुरूष ६३ किलोमुनिको तौल समूहमा प्रिक्वाटरफाइनलमा पराजित भए।
उनी प्रिक्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीसित २-० अंकले पराजित भए। यस्तै आजै भएको महिला ५३ किलोमुनिको तौल समूहमा नेपालकी आयषा लामा दक्षिण कोरियाका खेलाडीसित पराजित भइन्।
महिला ५७ किलोमुनिको तौल समूहमा सन्ध्याकुमारी सिंह पनि पराजित भइन्। तेक्वान्दोका चार खेलाडी यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


