काठमाडौं । नेपालले टि-२० अन्तर्राष्ट्रियका ३ विशाल विश्वरेकर्डहरु एउटै खेलमा तोडेको छ । अब टि-२० अन्तर्राष्ट्रिय को एक इनिङमा सर्वाधिक स्कोर बनाउने टिम नेपाल भएको छ । यससँगै टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी नेपालका कुशल मल्ल र सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी नेपालका दिपेन्द्र सिंह ऐरी बनेका छन् ।
एसियाली खेलकुद अन्तर्गत आज मंगोलियासँग भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१४ रनको विशाल योगफल बनाएको थियो । यो टि-२० अन्तर्राष्ट्रियमा एउटा टिमको सबैभन्दा ठूलो स्कोर हो । यसअघि यो रेकर्ड अफगानिस्तान र चेक रिपब्लिकको नाममा संयुक्त रुपमा थियो । अफगानिस्तानले २३ फेब्रुअरी २०१९ मा आयरल्याण्डविरुद्ध र चेक रिपब्लिकले ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाएका थिए ।
यस्तै टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी नेपालका कुशल मल्ल बनेका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाए । उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडे । यसअघि मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा शतक बनाएका थिए ।
यस्तै सबैभन्दा छिटो टि-२० अन्तर्राष्ट्रिय अर्धकतक बनाउने खेलाडी नेपालका दिपेन्द्र सिंह ऐरी बनेका छन् । उनले केवल ९ बलमा अर्धशतक बनाए । उनले भारतका युवराज सिंहको रेकर्ड तोडे । युवराज सिंहले २००७ को सेप्टेम्बर १९ मा पहिलो संस्करणको टि-२० विश्वकपमा इङल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


