Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘परदेशी-२’को गीत परदेशी छुकछुके रेलैमा सार्वजनिक


ग्लोबल पाना
बुधबार, असोज १० २०८०
  • 257
    SHARES

  • images
    ‘परदेशी-२’को गीत परदेशी छुकछुके रेलैमा सार्वजनिक

    काठमाडौं। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी-२’ को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ। चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा‘’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो। केही दिन अगाडि सार्वजनिक ‘हिजो काम‘’ लाई स्रोता दर्शकले रुचाएपछि निर्माण टिमले यो झ्याउरे गीत सार्वजनिक गरेको हो।यो गीतमा निर्देशक रायमाझी स्वयमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका हुन्। उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन्।

    images
    images
    images

    भिडियोमा चलचित्रमा मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ। शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ।भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन्। यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो।

    नेपाली चलचित्रमा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले स्रोता-दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ। ‘परदेशी-२’ दशैंको छेको पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ।

    चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन्। मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ