Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नागोर्नो-काराबाखमा तेल भण्डारमा विस्फोट हुँदा २० जनाको मृत्यु


ग्लोबल पाना
बुधबार, असोज १० २०८०
  • 365
    SHARES

  • images
    नागोर्नो-काराबाखमा तेल भण्डारमा विस्फोट हुँदा २० जनाको मृत्यु

    काठमाडौं । अजरबैजानको नागोर्नो-काराबाखमा रहेको एउटा तेल भण्डारमा विष्फोट हुँदा २० जनाको मृत्यु भएको छ । अर्मेनियाका स्थानीय अधिकारीहरूले यस विस्फोटमा सयौं व्यक्ति घाइते भएको बताएका छन्। झण्डै ३०० जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये दर्जनौंको अवस्था अझै चिन्ताजनक रहेको छ । यस घटनाको केही समयअघि आर्मेनियाली सरकारले नागोर्नो-काराबाखबाट १३ हजार ३५० शरणार्थी आफ्नो देशमा प्रवेश गरेको बताएको थियो।

    images
    images
    images

    बहुसंख्यक आर्मेनियाली मूलका करिब १२०,००० मानिसहरू विवादित क्षेत्र नागोर्नो काराबाखमा बस्छन्। सोमबार साँझ स्टेपानाकर्ट सहरमा भएको विष्फोटको वास्तविक कारण के थियो भन्ने अझै खुल्न सकेको छैन । “इन्धन डिपोमा भएको विस्फोटमा घाइते हुनेको संख्या २०० भन्दा बढी छ,” मानव अधिकार कार्यकर्ता ओम्बड्सम्यान गेगाम स्टेप्यानले सोशल मिडिया प्लेटफर्म एक्समा लेखे। “यी धेरैजसो मानिसहरूको स्वास्थ्य अवस्था कमजोर वा धेरै कमजोर छ। नागोर्नो-काराबाखमा उपलब्ध स्वास्थ्य सुविधाहरू यस अवस्थासँग जुध्न पर्याप्त छैनन्।”

    मंगलबार स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित व्यक्तिको शव फेला परेको र अन्य सात जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन् । गत हप्ता अजरबैजानले नागोर्नो-काराबाखलाई कब्जा गरेपछि, येरेभानमा आर्मेनियाली सरकारले युद्धका कारण घरबारविहीन भएका मानिसहरूलाई बसोबास गर्ने योजना बनाएको थियो।त्यसपछि हजारौं मानिसले उक्त क्षेत्र छोडेका छन् । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले नागोर्नो काराबाखमा ‘जातीय नरसंहार’ भइरहेको बताएका छन् ।

    निकोल पशिन्यानले पत्रकारहरूलाई भने, “अहिले यस्तो भइरहेको छ। हामीले यस विषयमा अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन खोजिरहेका छौं। ”अजरबैजानले आर्मेनियाली मूलका मानिसहरूलाई समान आधारमा आफ्ना नागरिकहरूसँग एकीकृत गर्न चाहेको बताएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ