काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट ल्याएको छ । बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा यस्तो छुट ल्याएको हो । बैंकले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
त्यसैगरी सो सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका छन् । उक्त सेवाको लागि बैंकले सम्झौता संस्था र स्थान निम्नलिखित रहेका छन् ।
जस्तो सुमेरु अस्पताल प्राइभेट लिमिटेड धापाखेल ओपीडी सर्भिमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत, एशियन होटेल भैरहवाको खाना र हल भाडामा १० प्रतिशत र स्पा सेवामा २० प्रतिशत, मल्ल फेन्सी, आँबुखैरेनी-३, तनहूँ फेन्सी आइटम मा १० प्रतिशत, रिशु ब्यूटी पार्लर हेटौंडा ४ मकवानपुर, ब्यूर्टी सभिसमा १० प्रतिशत र ब्यूटिफूल कलेक्सन बाँसबारी काठमाडौंमा क्लोथिङ्ग प्रडक्समा १० प्रतिशत र बाग्स एण्ड सूजमा ५ प्रतिशत छुट दिने योजनामा बैंक र संस्थाहरुबीच सम्झौता भएको हो । यस किसिमको सहकार्यबाटबैंकका डेविटअथवाक्रेडिटकार्ड तथामोबाइल बैंकिङ्गप्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


