Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिन्छ, काममा फर्किन आग्रह : स्वास्थ्यमन्त्री बस्नेत


ग्लोबल पाना
बुधबार, असोज १० २०८०
  • 309
    SHARES

  • images
    चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिन्छ,  काममा फर्किन आग्रह  : स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौं। चिकित्सकहरुले शान्तिसुरक्षाको माग राखेर थालेको आन्दोलन बुधबार पनि जारी राखेका छन्। उपचारका क्रममा लापरबाही गरेको भन्दै चिकित्सकमाथि कुटपिटका घटना हुन थालेपछि आकस्मिकबाहेकका सेवा रोकेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

    images
    images
    images

    चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन्। आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आग्रह गरेका छन्।

    बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने भन्दै काममा फर्किन आग्रह गरेका हुन्। चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताएका उनले चिकित्सकको सुरक्षाको विषयमाम गृहमन्त्रालयसँग कुरा भइसकेको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ