Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

शिखर नेपालको आयोजनामा कृषि अवार्ड –२०२३ क्यानडामा हुदै, उत्कृष्ट किसानहरुको नामावली सार्वजनिक


ग्लोबल पाना
बुधबार, असोज १० २०८०
  • 522
    SHARES

  • images
    शिखर नेपालको आयोजनामा  कृषि अवार्ड –२०२३ क्यानडामा हुदै, उत्कृष्ट किसानहरुको नामावली सार्वजनिक

    काठमाडौं । शिखर नेपाल प्रालिको आयोजनामा क्यानडामा हुने ‘चौथोे राष्ट्रिय शिखर कृषि अवार्ड –२०२३’ को बिभिन्न १० बिधामा टपटेन नोमिनेशन सार्वजनिक गरिएको छ । कृषि तथा व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले विभिन्न उत्पादनका सफल उद्यमीहरुलाई विगतदेखि नै पुरस्कृत गर्दै आएको शिखर नेपालले सन् २०२३ को चौथो अन्तर्राष्ट्रिय शिखर कृषि अवार्ड क्यानडामा प्रदान गर्न लागेको हो । शिखर नेपालले विभिन्न उत्पादनका सफल १० जना कृर्षकलाई क्यानडा लगेर त्यहाँ विशेष समारोहका साथ ‘चौथो अन्तर्राष्ट्रिय शिखर कृषि अवार्ड– २०२३’ दिने निर्णय गरेको छ ।

    images
    images
    images

    शिखर नेपालले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा त्यसबारे जानकारी गराएको हो । कृषि तथा व्यवसाय प्रवद्र्धनको लागि ‘शिखर नेपालको अन्तर्राष्ट्रिय अभियान कर्मशील कृर्षकहरुको सम्मान’ भन्ने उद्घोषका साथ कार्यक्रम तयारी गरिएको छ । क्यानडा लगेर अवार्ड दिनको लागि शिखर नेपालले अहिले विभिन्न प्रकृयाबाट उत्कृष्ट कृर्षक पहिचान गरिरहेको छ । कृषि मन्त्रालय तथा सम्बन्धित निकायका विज्ञहरुसँगको परामर्शमा विभिन्न उत्पादन क्षेत्रका १० जना उत्कृष्ट कृषक छनौट गर्ने कार्य भइरहेको शिखर नेपालका अध्यक्ष शेखर खनालले जानकारी दिनुभएको छ ।

    ‘अहिले हामी उत्कृष्ट १० कृषक छनौट गर्ने प्रकृयामा छौँ’ उहाँले भन्नुभयो– छनौट भइसकेपछि उहाँलाई छिट्टै क्यानडा लगेर विशेष कार्यक्रम गरी अवार्ड बितरण गर्ने छौँ ।’ अध्यक्ष खनालका अनुसार पशुपालन, पन्छी पालन, फलफूल, उत्पादन, तरकारी उत्पादन, माछा तथा मौरी पालन, दुध उत्पादन (डेरी), नर्सरी तथा पुष्प व्यवसाय, कृषि वस्तु तथा आहार उत्पादन र कृषि सहकारी तथा एग्रो इको टुरिजम लगायतका क्षेत्र समेटेर अवार्ड दिन लागिएको छ । कार्यक्रममा वरिष्ठ कृषि इन्जिनियर डा. जीत चन्दले कृर्षकहरुलाई उत्पादनमा प्रोत्साहन गर्न शिखर नेपालले विगतदेखि नै विभिन्न कार्यक्रम संचालन गर्दै आएको स्मरण गराउँदै क्यानडामा गरिने अवार्ड कार्यक्रमले कृषकहरुलाई उत्साहित पार्ने बताउनुभयो । कृषि इन्जिनियर चन्दले ‘सरकारले गर्नुपर्ने कार्यक्रम शिखर नेपालले गर्न लागेको’ भन्दै खुशी व्यक्त गर्नुभयो ।

    यसमा सरकारले समेत सहकार्य तथा सहयोग गर्नुपर्ने उहाँको भनाई छ । अवार्डको छनौट निर्णायक मण्डलमा वरिष्ठ कृषि इन्जिनियर डा. जीत चन्द, कृषि वैज्ञानिक डा. शिवकुमार झा, वरिष्ठ पशु विज्ञ डा. रामकुमार कार्की, प्राविधिक विज्ञ रवि अर्याल र वरिष्ठ पत्रकार कृष्णप्रसाद भुसाल रहनुभएको छ ।

    ‘चौथो अन्तर्राष्ट्रिय शिखर कृषि अवार्ड– २०२३’ का लागि ३७६ कृषि फार्मले कार्यक्रममा सहभागिताका लागि आफ्नो फार्म दर्ता गरेकोमा टपटेनमा पर्न सफल फार्महरु यस प्रकार रहेका छन् ।

    पशुपालन

    १. आरुबोटे कृषि फार्म

    २. बिनिता एग्रो

    ३. दनाइ गाई पालन फार्म

    ४. लेकाली ब्यबसायिक बाख्रा पालन तथा दाना उधोग

    ५. एस.एस.जे.जे.एग्रो

    ६. शिव चौर पशुपन्छी तथा कृषि फार्म

    ७. सुर्खेत एग्रिकल्चर

    ८. बागमती गट्स एण्ड सिड्स

    ९. कैलाश क्याटल फुड ईन्डष्ट्रि

    १०. कामधेनु गाई फार्म

    दुग्धजन्य पदार्थ (डेरी)

    १.ब्ल्याक आर्किड एग्रो फार्म

    २ हेम्जा गाई फार्म

    ३ श्री भागवती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड

    ४ गढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड

    ५ प्रसंसा कृषि तथा पशुपालन फार्म

    ६ भट्टराई गाई फार्म

    ७ सारदा श्रृजनशिल गाई फार्म

    ८ गोर्खाली गाई फार्म

    ९ माँहकाल डेरी उधोग

    मत्स्य तथा मौरी उत्पादन

    १. रेन्बो ट्राउट फार्म

    २. गण्डकी ट्राउट फार्म

    ३.सुलभ मत्स्य प्रजनन केन्द्र

    ४. अन्नपुर्ण मत्स्य ह्याचरी तथा एकिकृत कृषि फार्म

    ५. सुर्य एग्रिकल्चर

    ६. बोधबन माछा फार्म

    ७. त्रिशुल मौरी पालन उधोग

    ८. शान्ति उन्नत पशुपालन तथा माछा फार्म

    ९. बिशाल इन्टिग्रेटेड इकोलोजिकल एग्रो टुरिजम प्रालि

    फलफुल उत्पादन

    १. एग्रो मनाङ्ग

    २. बनाना एग्रो रिर्सोट तथा रेस्टुरेन्ट

    ३. सप्तभूमि एग्रो फार्म तथा रिसर्च सेन्टर

    ४. गुठी चौर एग्रो प्रालि

    ५. काशिखण्ड ड्रागन एग्रिकल्चर फार्म

    ६. दधिपुर फलफुल तथा कृषि फार्म

    ७. मोक्तान मल्टि प्रपोज एग्रो फार्म

    ८. बदमाया कृषि तथा फलफुल फार्म

    कृषि वस्तु तथा पशु आहार उत्पादन

    १. कुशल पोल्ट्री फार्म

    २. चौधरी कृषि फार्म

    ३. किसान दाना उधोग

    ४. प्रोगेशिभ क्याटल फार्मिङ्ग

    ५. शिला भैरब कृषि तथा पशुपन्छी फार्म

    ६. हाइजिन प्रा.लि.

    ७. खरेल कृषि तथा पशु फार्म

    ८. विश्वकर्मा कृषि तथा पशुपन्छी फार्म

    ९. श्री सुलजन कृषि तथा पशुपन्छी फार्म

    १०. आर.पि. एग्रो

    पन्छिपालन

    १. बाग्लुङग काली पोल्ट्री फार्म

    २. दाउन्ने एग्रो फार्म प्रालि

    ३. कँडेल पोल्ट्री एण्ड एग्रो रिसर्च फार्म प्रालि

    ४. कालिका पोल्ट्री ब्लिडिङ्ग प्रा.लि.

    ५. कुशल पोल्ट्री एण्ड फार्म

    ६. रिभाश पोल्ट्री फार्म

    ७. देबचुली पोल्ट्री बिल्डिङ्ग

    ८. बि.एण्ड एस. ट्रेर्डस

    ९. बिदुर कुखुरा पालन उधोग

    कृषि सहकारी तथा एग्रो इको टुरिजम

    १. पाचखाल टप अर्गानिक फुडल्यण्ड विथ होम स्टे

    २. न्यु टेक फार्म हाउस

    ३. हाम्रो टप टाउन कृषि फार्म हाउस

    ४. मधुमल्ला एग्रो फार्म हाउस रिसोर्ट प्रालि

    ५. उर्लाबारी वारिष्ठ एकेडेमि

    ६. कुशवहा बिज भण्डार एण्ड सिड्स अर्गानिक फटिलाईजार प्रोडक्ट

    ७. राइनो कुञ्ज कृषि तथा सहकारी संस्था लिमिटेड

    ८. अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था

    ९. श्री जीवन साहरा कृषि सहकारी संस्था लिमिटेड

    १०. एभरेष्ट एग्रो टुरिजम एण्ड डेभलोपमेन्ट प्रा.लि.

    नर्सरी तथा पुष्प व्यवशाय

    १. आइरिस गार्डेन एण्ड एड्भरटाईजिङ्ग सर्भीस प्रा.ली

    २. ब्लु ओशियन एग्रो फार्म

    ३. एभरेष्ट फ्लावर

    ४. कान्तिपुर नर्सरी

    ५. काठमाडौ नर्सरी

    ६. मोर्डन नर्सरी

    ७. माउण्टेन मल्टीप्रपोज प्रा.लि.

    ८. नेपाल फ्लावर एण्ड डेकोर प्रा.लि.

    ९. सदबरिया कृषि सहकारी संस्था

    तरकारी उप्पादन

    १. प्रकाश गंगा एग्रो फार्म प्रा.लि.

    २. सहारा कृषि तथा पशुपंक्षी फार्म

    ३. एग्रो नारायणी फार्म

    ४. कालिका एग्रो फार्म प्रा.लि.

    ५. धनेश्वर कृषि फार्म

    ६. हिमालयन गोरखा एग्रो फार्म प्रा.लि.

    ७. हिमाली पोटाटो रिसर्च एण्ड डेभलोपमेन्ट सेन्टर

    ८. हिमाल एग्रो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ