Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला समन्वय समिति कास्कीद्वारा गैर सरकारी संस्थाहरूको बार्षिक समिक्षा


ग्लोबल पाना
बुधबार, असोज १० २०८०
  • 319
    SHARES

  • images
    जिल्ला समन्वय समिति कास्कीद्वारा गैर सरकारी संस्थाहरूको बार्षिक  समिक्षा

    पोखरा । जिल्ला समन्वय समिति जिल्ला समन्वय समिति कास्कीद्वारा गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा बुधबारदेखि शुरु भएको छ।

    images
    images
    images

    सो अबसरमा उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकामा क्रियाशिल गैरसरकारी संस्थाहरू बिकासका सारथि भएको भन्दै बिकासमा थप प्रभावकारी नीति निर्माण गर्न आग्रह गर्नुभयो।

    विभिन्न समयक्रममा देशको बिकासमा महत्वपूर्ण योगदान प्रदान गरेका गैरसरकारी संस्थाहरू नाफामुखी भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिदै पौडेलले कार्यक्रमले कमजोरीहरूको न्यूनीकरण गर्दै समृद्ध कास्की निर्माणको महान अभिभारा पूरा गर्न फलदायी हुनुपर्ने उल्लेख गर्नुभयो ।

    प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजना गरिएको दुई दिने गैर सरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै बताउनु भएको हो । पौडेलले कतिपय संस्थाहरूको संचालित कार्यक्रम परम्परागत र अपारदर्शी हुने गरेको जनगुनासो बढेको उल्लेख गर्दै विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउन समेत गैरसरकारी संस्थाहरूको महत्त्वपूर्ण हुने बताउदै अझ गहन समन्वय र सहकार्यमा लाग्न आग्रह गर्नुभयो।

    कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी ,कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा , महासंघकै गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का , जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत नवराज बराल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सो अबसरमा हिमालय लाइफ नेपाल, बाल कल्याण संस्था, कोपिला नेपाल, आमा मिलन केन्द्र, राइट फर चिल्ड्रेन, स्टार चिल्ड्रेन, दयाको सेवा नेपाल, सि डव्लु एस एन गोनेशा नेपाल ले बार्षिक समिक्षा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो। प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप -प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ