Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आज काठमाडौं उपत्यकामा सार्बजनिक बिदा


ग्लोबल पाना
बिहीबार , असोज ११ २०८०
  • 331
    SHARES

  • images
    आज काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

    काठमाडौं। आज काठमाडौं उपत्यकामा सार्बजनिक बिदा दिइएको छ। काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा सार्बजनिक बिदा दिइएको हो। गत मंगलबारवाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्रा काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो। विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ।

    images
    images
    images

    जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिएको इन्द्रजात्रा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने गर्छ। यस जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

    जसअनुसार आज इन्द्रजात्राको मुख्य दिन परेको हो। यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको हो। काठमाडौं महानगरका अनुसार यस वर्ष इन्द्रजात्रा अवलोकन गर्न अमेरिका, चीनसहितका देशबाट बिशेष पाहुना आएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ