Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विश्वकपमा म्याराडोनाको अनुपस्थिति मेसी र अर्जेन्टिनाका लागि ‘नौलोे’ अनुभव


ग्लोबल पाना
शनिबार, मंसिर १० २०७९
  • 288
    SHARES

  • images
    विश्वकपमा म्याराडोनाको अनुपस्थिति मेसी र अर्जेन्टिनाका लागि ‘नौलोे’ अनुभव

    काठमाडौं । फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप फुटबलमा सन् १९७८ को विश्वकपपछि पहिलो पटक अर्जेन्टिना डिएगो म्याराडोना बिना मैदान उत्रेको छ । दक्षिण अमेरिकी टोली अजेन्टिनाले विश्वकपको प्रतिस्पर्धामा चट्टानी सुरुआतको अपेक्षा प्रशंसकबाट गरिएपनि यो अपेक्षा साउदी अरबसँगको पहिलो खेलमा साकार बन्न सकेन ।

    images
    images
    images

    यो बर्ष अर्जेन्टिना र खास गरी यसका कप्तान लियोनल मेस्सीले म्यारोडोनाको अभावको चर्चा गर्नेछन् । किनकी म्यारोडोनाको दुई बर्ष पहिले यही समय मृत्यु भएको थियो । मेस्सीले विश्वकप उपाधि उचालेको म्यारोडोनाले देख्न चाहन्थे तर यो त सम्भव भएन तर यदि अर्जेन्टिनाले शनिबार हुने मेक्सिकोविरूद्धको खेल हारेमा अर्जेन्टिनाका लागि यो बर्षको विश्वकप यात्रा लगभग अन्त्य हुनेछ । म्याराडोनाको ६० वर्षको उमेरमा २५ नोभेम्बर २०२० मा निधन भएको थियो ।

    मस्तिष्कको शल्यक्रियापछि आफ्नो घरमा अस्पतालको रेखदेखमा रहँदा उनको मृत्यु भएको थियो र न्यायिक अधिकारीहरूले चिकित्सकीय लापरबाहीमा संलग्न भए नभएको अनुसन्धान जारी राखेका छन् । म्याराडोनाको मृत्युको दोस्रो बार्षिकीका अवसरमा शुक्रबार अर्जेन्टिनाले र फिफा दुवैले कतारमा एउटा संयुक्त कार्यक्रम गरी फुटबलका जादुमयी विश्वप्रसिद्ध स्टारको सम्झना गरेका छन् । कार्यक्रममा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले म्याराडोनाको निधनको दिन ‘सबैका लागि निकै दुःखद दिन’ भएको बताएका छन् ।

    “यदि म्याराडोनाले हामीलाई आकाश (स्वर्ग)बाट हेरिरहेका छन् भने भोलि हामी केही खुसी ल्याउने आशा गर्नेछौं,” शनिबार मेक्सिकोविरुद्धको निर्णायक खेलअघि स्कालोनीले भने । “यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । हरेक पटक जब हामी उनका तस्बीरहरू देख्छौं, यो अविश्वसनीय छ कि उनी यहाँ हामीसँग छैनन् । म्याराडोनाबिना पनि अर्जेन्टिनाका लागि यो अनौठो विश्वकप भएको छ । अर्जेन्टिनी टोलीका क्याप्टेन लियोनल मेसीले विश्वकपमा आफ्नो अन्तिम उपस्थिति हुनसक्ने बताएका छन् र टोलीको प्रतियोगिताको सबैभन्दा निराश क्षण साउदी अरबसँग २-१ ले पराजित भएपछि बनेको छ ।

    सन् १९८२ देखि हरेक विश्वकपमा अर्जेन्टिनाका लागि खेलाडी, प्रशिक्षक र अग्रज राजनेताका रुपमा म्याराडोनाको उपस्थिति रहँदै आएको थियो । सन् २०२२ को विश्वकपको समयमा अर्जेन्टिना, कतार र बाँकी विश्वभर म्याराडोनाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले दक्षिण अमेरिकी फुटबल महासङ्घ कोन्मेबोलले कतारमा आयोजना गरेको एक कार्यक्रममा म्याराडोनाको वास्तविक कदको शालिक अनावरण गर्दै भने, “डिएगो अमर छन्, उनी अझै पनि हामीसँग छन् । उनले भने, “यो मानिसले मानिसहरूलाई यो खेलको प्रेममा पार्न के गरेको छ, सायद अरू कसैले पनि गर्न सकेका छैनन् । इन्फान्टिनोले भने, “हरेक विश्वकपमा म्याराडोनाको उत्सव मनाउने दिन हुनेछ ।

    इन्फान्टिनोले भने, “डिएगोको अद्वितीय ईमानदारी र करिश्माको बारेमा सबैलाई थाहा छ । उनी अर्जेन्टिना, दक्षिण अमेरिका र विश्वका महान् नेता थिए । हामीले उहाँलाई सम्मान दिइरहनुपर्छ । कतारमा भएको उक्त कार्यक्रममा म्याराडोनाका अर्जेन्टिनाका केही पूर्व सहकर्मी पनि सहभागी थिए । अर्जेन्टिनाका प्रशंसकहरूले उनको सम्मानमा शुक्रबार दोहामा भेला हुने योजना बनाएका थिए । ब्यूनस आयर्समा म्याराडोनाले राष्ट्रिय टोलीको जर्सी लगाएको र दाहिने हातमा मुठ्ठी कसेर टिमको जितका लागि ‘हुटिङण्द्दज्ञड गरेको विशाल भित्तेचित्रले म्यारोडोनाको अनुपस्थितिमा राष्ट्रिय टोलीलाई जीतका लागि प्रोत्साहित गरेको छ । हालै सार्वजनिक १४८ फिट अग्लो र १३१ फिट चौडा (४५ मिटर बाइ ४० मिटर) उचाईमा रहेको यो कलाकृति अर्जेन्टिनाको राजधानीमा रहेको १४ तले भवनको छेउमा बनाइएको छ ।

    समूह चरणको पहिलो खेलमा मेसी र अर्जेन्टिनालाई साउदी अरबले स्तब्ध पारेको स्थानभन्दा कैयौँ किलोमिटर टाढा दोहामा म्याराडोनाको तस्बीर सहितको अर्को भित्तेचित्र राखिएको छ । पाँचौं पटक विश्वकप खेलिरहेका मेसीले कतारमा हुने प्रतियोगिताअघि फिफालाई भनेका थिए, “म्याराडोनालाई ट्रिब्यूनमा नदेख्नु र उनी देखा पर्दा मानिसहरू उत्तेजित हुनु अनौठो र फरक कुरा हो । उनले म्याराडोना जहिले पनि कहीँ न कहीँ उपस्थित हुने विश्वास व्यक्त गरेका छन् ।” म्याराडोनाले सन् १९८२ देखि १९९४ सम्म चार पटक विश्वकप खेलेका थिए भने सन् २०१० मा राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए । सन् १९८६ मा इङ्गल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ गोलदेखि लिएर डोपिङ परीक्षणमा असफल भएपछि सन् १९९४ मा उनलाई प्रतियोगिताबाट निष्कासित गरिएका क्षणको चर्चा विश्वभर हुने गरेको छ ।

    सन् १९८६ मा इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा उनले गरेको गोल प्रतियोगिताको इतिहासमा सबैभन्दा महत्वपूर्ण र सबैभन्दा विवादास्पद गोलमध्ये एक बनेको थियो । म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए । सोही खेलमा उनले अर्जेन्टिनाको आफ्नै मैदानमा गरेको गोल विश्वकपको सर्वश्रेष्ठ गोलमध्ये एक पनि भएको बताउने गरिएको छ । सन् २०२२ को विश्वकप सुरु हुनुभन्दा केही समयअघि म्याराडोनाले सन् १९८६ मा मेक्सिको सिटीको एज्टेका स्टेडियममा अर्जेन्टिनाले जर्मनीलाई ३-२ ले हराएपछि म्याराडोनासँग सोटेको जर्सी जर्मनीका प्रसिद्ध खेलाडी लोथर हरबर्ट माथेउसले अर्जेन्टिनालाई उपहारका रूपमा फिताए गरिएको छ ।

    यसले अर्जेन्टिनालाई विश्वकप उपाधि जित्नका लागि थप महत्वाकाङ्क्षी बनाएको छ । मायथेसले कप्तानको रूपमा पश्चिम जर्मनीलाई सन् १९९० मा फिफा विश्वकप र यूरोपेली बर्ष खेलाडीको गरिमामय उपाधि दिलाएका थिए । सन् २०१० मा दक्षिण अफ्रिकामा अर्जेन्टिनाको प्रशिक्षकको रूपमा म्याराडोनाले राष्ट्रिय टोलीलाई क्वार्टरफाइनलसम्म पुर्‍्याएका थिए । नाइजेरियामाथि २-१ को जित हात पारेपछि सेन्ट पिटर्सबर्गको रङ्गशालामा मेसीले एक गोल गरेपछि म्याराडोना खुसीले विक्षिप्त बनी ढलेको आठ वर्षपछि मेसीले जादुमयी प्रदर्शन गर्ने र अर्जेन्टिनालाई उपाधि जिताउने जिम्मेवारी आएको छ । मेसीको गोलको खुशियाली मनाउने विश्वविख्यात म्यारोडोना नभएपनि उनको खेलको प्रशंसा गर्ने दशौँ लाख विश्व समुदायले मेसीले जादु देखाउनेमा आशावादी रहेको देखिन्छ । चार वर्षपछि हुने अर्को विश्वकपमा ३५ वर्षीय मेसीको पुनरागमन नहुने सम्भावना छ । यदि उनले यस वर्षको टोलीलाई मेक्सिकोविरुद्ध राम्रो नतिजामा पुर्‍याउन सकेनन् भने म्याराडोनाबिनाको अर्जेन्टिनाको पहिलो विश्वकपको बाँकी खेलमा मेसीको पनि उपस्थिति देख्न सकिने छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ