Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

फिष्टेल र श्री का ३ हेलिकोप्टरको उडानमा प्रतिबन्ध


ग्लोबल पाना
शुक्रबार, असोज १२ २०८०
  • 239
    SHARES

  • images
    फिष्टेल र श्री का ३ हेलिकोप्टरको उडानमा प्रतिबन्ध

    काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ। लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो।

    images
    images
    images

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लंघन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई अर्को निणर्य नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताए।

    “दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो”, प्रवक्ता भुलले भने।

    हेलिकोप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ।

    तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ