सुर्खेत। नेकपा एमाले कणर्ाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ। निर्वाचन समितिका अनुसार कणर्ाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन्। आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गरिनेछ।
आज हुने निर्वाचनले एमाले कणर्ाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए। कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


