Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

१५ दिनपछि प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै


ग्लोबल पाना
शनिबार, असोज १३ २०८०
  • 276
    SHARES

  • images
    १५ दिनपछि प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन्। अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किन लागेका हुन्।

    images
    images
    images

    हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरे पछि प्रधानमन्त्री दाहालले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए।

    प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीको सहभागीता रहेको थियो। सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्बत दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड हिजो मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन्।

    गत भदौं २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन्।

    एसियाली खेलकुदको उदघाटनमा सहभागीसमेत भएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने चिनियाँ समकक्षीसँग बेइजिङमा बार्ता गरेका थिए।

    उनी गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए, त्यसको १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किन लागेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ