Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

५० लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा


ग्लोबल पाना
शनिबार, असोज १३ २०८०
  • 239
    SHARES

  • images
    ५० लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा

    सिरहा । राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाका नजिकैबाट झण्डै ५० लाख बराबरको बेवारिसे कपडा बरामद गरेको छ ।

    images
    images
    images

    स्थानीय चन्द्रनारायण माध्यमिक विद्यायलको प्राङ्गणस्थित आँपको बगैँचामा थुपारिएको अवस्थामा उक्त कपडा फेला परेको थियो । विशेष सुराकीका आधारमा राजस्वका इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले कपडा नियन्त्रणमा लिएको हो ।

    दसैँमा बिक्री गर्ने उद्देश्यले भन्सार छली गरेर कपडा ल्याइएको हुनसक्ने आशङ्का प्रमुख आचार्यले व्यक्त गरे । साथै उनले राजस्वको टोली आउँदै गरेको चाल पाएपछि तस्करहरू सामान छाडेर भागेको हुनसक्ने बताए ।

    सर्टिङसुटिङका कपडा, सारी, तयारी पोशाकलगायतका सामान बरामद गरिएको हो । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ