Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आश्विन २८ गते एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा


ग्लोबल पाना
बुधबार, असोज १७ २०८०
  • 392
    SHARES

  • images
    आश्विन २८ गते एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा

    काठमाडौं । एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आश्विन २८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुने भएको छ ।

    images
    images
    images

    बैंकको २६ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

    साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।

    वार्षिक साधारण सभालाई ध्यानमा राखी २०८०/०६/१६ देखि २०८०/०६/२८ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ । एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो ।

    यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

    देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ