Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सामाजिक संजालको गलत प्रयोगले नेपालगञ्जमा निम्त्याएको तनाव


ग्लोबल पाना
बुधबार, असोज १७ २०८०
  • 274
    SHARES

  • images
    सामाजिक संजालको गलत प्रयोगले नेपालगञ्जमा निम्त्याएको तनाव

    काठमाडौं। सामाजिक सञ्जालको सही उपयोग गरिएमा यसले मानव समाजमा सूचनाको प्रमुख संवाहकको भूमिका निर्वाह गर्न सक्दछ। यसको सकारात्मक प्रयोगले सूचना प्रवाहदेखि चेतनामूलक गतिविधिमार्फत जनचेतना पैदा गर्ने प्रमुख स्रोतको रुपमा पनि प्रचुर मात्रामा उपयोग गर्न सकिन्छ।

    images
    images
    images

    पछिल्लो समय सही सूचनाको प्रयोग गरेर सकारात्मक सन्देश प्रवाह गर्ने भन्दा पनि यसको दुरुपयोग सामाजिक अराजकता बृद्धिको कारक बन्न थालेको छ। सामाजिक सञ्जालमा व्यक्त अतिवादी अभिव्यक्तिले नेपालको कतिपय सम्प्रदायको आस्थामा आघात पुर्‍याउने दूराशयबाट प्रेरित भएको पाइएको छ। यसैको पछिल्लो कडीका रुपमा नेपालगञ्जमा सिर्जित तनावलाई लिन सकिन्छ।

    एक सामान्य व्यक्तिले कुनै धर्मसम्प्रदायप्रति लक्षित गर्दै गरिएको टिप्पणीले सामाजिक सद्भाव भड्किने परिस्थितिको बिजारोपण गर्‍यो। बाँकेका एक युवाको सामाजिक सञ्जालमा व्यक्त दूराशयपूणर् अभिव्यक्तिको नेपालगञ्ज उपमहानगरका वडाध्यक्षको प्रतिवादले साम्प्रदायिक विग्रहको अवस्था निक्तिएर परिस्थिति तनावपूणर् बन्न पुगेको छ।

    विभिन्न धर्म सम्प्रदायबीच सहिष्णुतामा खलबल पुर्‍याउने प्रकृतिका अभिव्यत्तिले सदियौंदेखिको सामाजिक एकतामा विग्रह ल्याउन उद्यत गराउँछ। अहिले नेपालगञ्जमा परिस्थिति साम्य गर्न स्थानीय प्रशासन कर्फ्यु लगाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ। परिस्थिति बिग्रेर अप्रिय अवस्था आउन नदिन सेना परिचालन समेत गरिएको छ।

    नेपाल जस्तो बहुभाषिक, बहुसास्कृतिक, बहुधार्मिक विविधतायुक्त संवेदनशीलतालाई ख्यालै नगरी व्यक्त गरिने अभिव्यक्तिले आज नेपालगञ्जमा साम्प्रदायिक विग्रहको परिस्थिति सिर्जित भएको छ।

    सामाजिक सञ्जालको दुरुपयोगले अन्य समुदायको भावना र उनीहरुको आस्थामा चोट पुर्याउने गतिविधि विग्रहको कारक हो। यसलाई राज्यस्तरबाटै नियमन गर्न जरुरी छ।

    प्रविधिको सही सदुपयोग मानवीय जीवनलाई सहज बनाउन उत्प्रेरकको भूमिका निर्वाह गर्दछ भने यसको दुरुपयोगको उपज सामाजिक द्वन्द्व निम्तिने तर्फ सचेत रहन जरुरी छ।

    नेपालमा बढ्दो टिकटक र फेसबुकको प्रयोगले विषयलाई अतिरञ्जनापूणर् तवरले प्रकट गर्ने प्रवृत्तिले अधिकांशलाई समस्या पैदा गरेको छ।
    सार्वजनिक पदधारण गरेको व्यक्तिका हेरक गतिविधि प्रष्फुटन गर्ने माध्यम अहिले यीनै सामाजिक सञ्जाल बनेका छन्।

    एक प्रकारले यिनै सञ्जालले कतिपय अवस्थामा मूलधारको मिडिया भन्दा छिटो छरितो र सुविधायुक्त तवरले खबर सम्प्रेषण गर्ने माध्यम पनि बनेका छन्।

    तथापि सबैको पहुँचमा रहेको सामाजिक सञ्जालमा अपुष्ट र भ्रमित तुल्याउने गरी कतिपय सन्देशहरु प्रवाह गरिनु, व्यक्त अभिव्यक्तिलाई सम्पादन गरी भ्रमित तुल्याउन सम्प्रेषण गरिने आशिंक सन्देश प्रवाहले यसकोे विश्वसनीयता कम हुँदै गएको छ।

    यसको सकारात्मक प्रयोगले आम मानिसमा तत्कालै सहजै सूचना प्राप्त गर्ने अवसर हुँदाहुँदै कतिपय अवस्थामा गलत प्रयोग गरी भ्रामक द्वैषपूणर् अभिव्यक्ति समेत व्यक्त भइरहेको छ।

    एक समुदायले अर्को समुदायको आस्थामाथि लक्षित गर्दै दिइने अभिव्यक्तिबाट सामाजिक सद्भाव बिगार्ने परिपाटीलाई निरुत्साहित गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो।

    यसलाई सरकारले निश्चित मादण्ड तयार पारेर प्रयोगमा नियन्त्रण गरिएन भने थप अराजकता बढ्ने निश्चित छ। सूचना प्रवाहको दायरा फराकिलो बनाए पनि गलत प्रयोगले समाजमा पैदा गर्ने समस्यालाई नजरअन्दाज गरिएमा थप अराजकता बढ्ने निश्चित छ।

    बेलैमा यसको निरुपण गरेर थप सम्भावित दुष्परिणाम रोक्न सरकारले ढिलाई गर्न हुँदैन। सामाजिक सञ्जालको गलत प्रयोग गर्नेलाई तत्कालै कानूनी दायरामा ल्याएर कडा कारबाही गरे मात्रै यसको दुरुपयोग नियन्त्रण हुने छ।

    अन्यथा आगामी दिनमा यसको प्रयोगले मुलुकमा सामाजिक धार्मिक द्वैष उत्पन्न गराएर थप भयावह स्थिति नआउला भन्न सकिन्न।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ