Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नवौं राष्ट्रिय खेल पौडीमा नासिर र डुवानको नयाँ कीर्तिमानी


ग्लोबल पाना
शनिबार, असोज २९ २०७९
  • 252
    SHARES

  • images
    नवौं राष्ट्रिय खेल पौडीमा नासिर र डुवानको नयाँ कीर्तिमानी

    काठमाडाैं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीतर्फ नेपाली सेनाका नासिर याह्या हुसेनले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । 
     
    काठमाडाैंमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा नासिरले १५ सय मिटर फ्रिस्टायलमा कायम गरेको १७ मिनट ४९ दशमलव ९५ सेकेन्ड समयमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरे । 

    images
    images
    images

    पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा उहाँले १६ मिनेट ५० दशमलव २१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गर्दै नवौँ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्णपदक हात पारे ।

    सोही स्पर्धामा एनआरएनका आशिष सापकोटा दोस्रो भए । उनी १६ मिनट ५७ दशमलव ९५ को समयमा दूरी पार गर्दै दोस्रो स्थानमा रहे । तेस्रो स्थान पुलिसका सुनिलकुमार थापा मगरले हासिल गरे । उनले कास्यपदक प्राप्त गरे ।

    यस्तै नेपाली सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहको नाममा रहेको दुई मिनेट ३२ सेकेन्डको समयलाई पछाडि पार्दै दुई मिनेट ३१ दशमलव ४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरे । यो उनले हिट चरणमा कायम गरेको समय हो । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ