Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मौसमका कारण भरतपुरका हवाई उडान प्रभावित


ग्लोबल पाना
बुधबार, असोज १७ २०८०
  • 285
    SHARES

  • images
    मौसमका कारण भरतपुरका हवाई उडान प्रभावित

    चितवन । प्रतिकूल मौसमका कारण आज (बुधबार)चितवनमा हवाई उडान प्रभावित बनेको छ । भरतपुर विमानस्थलका अनुसार प्रतिकूल मौसमका कारण आज बिहानैबाट उडान प्रभावित बनेको हो । बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्त बस्नेतले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार आज भरतपुरबाट एउटा मात्रै उडान भएको छ ।

    images
    images
    images

    प्रतिकूल मौसमकाका कारण बिहान ८ बजे भरतपुरबाट बुद्ध एयरले काठमाडौँको एउटा उडान भरेपनि हाल सबै उडान प्रभावित भएको बस्नेतले जानकारी दिए ।

    उनी भन्छन्, ‘बुद्ध एयरले काठमाडौँको ९ र पोखराको एक गरी दैनिक १० वटा उडान गर्दै आएको भएपनि आज सबै उडान प्रभावित छन् । तर, अबको केही समयमा मौसम खुल्य भने बेलुकासम्म ४ वटा उडान भर्ने अनुमान गरेका छौँ ।’
    चितवनमा गयराति देखि नै ठूलो वर्षा भइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ