Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भारतमा बनेको औलोको खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दियो


ग्लोबल पाना
बुधबार, असोज १७ २०८०
  • 444
    SHARES

  • images
    भारतमा बनेको औलोको खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दियो

    काठमाडौं । भारतको सिरम इन्स्टिच्युटले विश्व स्वास्थ्य संगठनले विश्वको दोस्रो औलो विरुद्धको खोप स्वीकृत गरेको जनाएको छ । डब्ल्यूएचओले खोपको प्रि-क्लिनिकल र क्लिनिकल ट्रायल डाटाको आधारमा यो स्वीकृति दिएको हो। परीक्षणमा यो खोप चार देशमा निकै प्रभावकारी देखिएको थियो ।

    images
    images
    images

    समाचार एजेन्सी पीटीआईका अनुसार एसआईआईले एक विज्ञप्तिमा बालबालिकालाई मलेरियाबाट बचाउन विश्व स्वास्थ्य संगठनको स्वीकृति प्राप्त गर्ने यो दोस्रो खोप भएको बताएको छ।

    यो आर २१/मेट्रिक्स एम मलेरिया खोप सिरमले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरेको हो।

    एसआईआईले हरेक वर्ष १० करोड डोज खोप उत्पादन गर्ने व्यवस्था गरेको र आगामी दुई वर्षमा यो उत्पादन दोब्बर हुने बताएको छ । हाल यो खोप घाना, नाइजेरिया र बुर्किना फासोमा प्रयोग भइरहेको छ। तर अब विश्व स्वास्थ्य संगठनको स्वीकृतिपछि यसलाई विश्वभर प्रयोग गर्न सकिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ