Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बैंककको सपिङ मलमा गोली चल्दा १ जनाको मृत्यु


ग्लोबल पाना
बुधबार, असोज १७ २०८०
  • 425
    SHARES

  • images
    बैंककको सपिङ मलमा गोली चल्दा १ जनाको मृत्यु

    काठमाडौं । थाइल्याण्डको राजधानी बैंककको एक सपिङ मलमा गोली चल्दा एक जनाको मात्रै मृत्यु भएको छ । यसअघि आपतकालीन केन्द्रका निर्देशकले आक्रमणमा तीन जनाको मृत्यु भएको मिडियालाई बताएका थिए ।

    images
    images
    images

    समाचार एजेन्सी एएफपीका अनुसार छ जना घाइते भएका छन्, जसमध्ये दुईको अवस्था गम्भीर छ। यस घटनामा प्रहरीले एक नाबालकलाई पक्राउ गरेको छ । यद्यपी आक्रमणको कारण भने खुल्न सकेको छैन । प्रहरीले आक्रमणकारी १४ वर्षीय बालक रहेको बताएको छ, जो मल नजिकैको विद्यालयमा पढ्छन् ।

    सुटिङ भएको मल निकै चर्चित छ र यहाँ आउने पर्यटकको ठूलो संख्या विदेशी रहेको छ ।

    यसैबीच समाचार एजेन्सी रोयटर्सले मलबाहिर मिडियालाई सम्बोधन गर्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थिति अहिले नियन्त्रणमा रहेको बताएको छ।

    अहिले मृतक र घाइतेको संख्या यकिन भएपछि मात्र जानकारी दिइने उनले बताए । एक प्रत्यक्षदर्शीले रोयटर्सलाई भने कि उनले छ वा सात गोलीका आवाजहरू सुने। इजरायली पर्यटक शिर याहावले गोली चलेको आवाज सुन्नुअघि केही मानिसहरू बाहिर निस्केको देखेको बताइन्। उनले आफू र अन्य केही व्यक्ति डेढदेखि दुई घण्टासम्म पसलमा लुकेर ढोका बन्द गरेको बताइन् ।



    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ