Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मापदण्ड नपुगेका बालगृहहरूलाइ कानुनी दायरामा आउन निर्देशन : जि.स.स. प्रमुख पौडेल


ग्लोबल पाना
शुक्रबार, असोज १९ २०८०
  • 752
    SHARES

  • images
    मापदण्ड नपुगेका  बालगृहहरूलाइ  कानुनी दायरामा आउन निर्देशन  : जि.स.स. प्रमुख पौडेल

    पोखरा । जिल्ला समन्वय समिति कास्कीले बालगृहहरूसंग बार्षिक समिक्षा सहित अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार कास्कीका विभिन्न गैर सरकारी संस्थाहरूद्वारा संचालित बालगृहको अबस्था संचालित परियोजनाको बार्षिक समिक्षा सहित कठिनाइ र निराकरणका उपाय सम्बन्धमा अन्तर्क्रीया गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले यस अघि आफुहरूले बालगृहहरूको स्थलगत अनुगमन गरेको र सो क्रममा देखिएका कमिकमजोरी सुधारका प्रदान गरेका सुझाव कार्यान्वयनको निम्ति ध्यानाकर्षण गराउदै पूर्ण कार्यन्वयन गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।

    पौडेलले कास्कीका अधिकाम्स बाल गृह थप बाल मैत्री हुनुपर्नेमा जोड दिदै मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिनुभयो। कास्कीका कतिपय बालगृह न्युनतम पूर्बाधार बिनै संचालन भएको पाइएको हुँदा निश्चित समयावधि दिएर सुधार गर्न आग्रह गरीने र निर्देशन पालना नभएको पाइएमा कडा कारबाही हुने बताउनु भयो।

    कार्यक्रममा प्रदेश बाल अधिकार परिषदका समन्वय अधिकारी बद्री वाग्ले, गैरसरकारी संस्था महा संघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत नवराज बराल, लगाएतले मन्तव्य ब्यक्त गर्नुभएको थियो।

    सो अबसरमा थ्री एन्जल्स नेपाल, अन्नपूर्ण एसोसिएसन नेपाल, असहाय बाल उपकार संघ, हेप्पी होम, लिटल बेल्स प्रतिज्ञा भुमि, स्टार चिल्ड्रेन, ॐ शिव शक्ति कल्याणी होम, कोपिला बालगृह, हिमालय लाइफ नेपाल, बालहितकारी परियोजना नेपाल, सृजना बालगृह लगायतका करिब २ दर्जन बालगृह संचालक संस्थाहरूले बार्षिक समिक्षा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो।

    प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप -प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ