Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो


ग्लोबल पाना
आइतबार, मंसिर ११ २०७९
  • 355
    SHARES

  • images
    इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

    इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ । उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआनजुर शहरमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्पल गएको थियो ।

    images
    images
    images

    अधिकांश पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका थिए। प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले बताएअनुसार पछिल्लो समय तीन शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको हो । भुकम्पमा फसेका ११ जना अझै बेपत्ता छन् । उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन् । भूकम्पले ६२ हजार भन्दा बढी घरमा क्षति पुगेको र ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।

    प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अधिकारीहरूले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिन भन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निणर्य लिने छन् । सोमबारको भूकम्प सन् २०१८ को भूकम्प पछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ । सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ