Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट बीच मर्जर सम्झौता


ग्लोबल पाना
शनिबार, असोज २० २०८०
  • 378
    SHARES

  • images
    सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट बीच मर्जर सम्झौता

    काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्बन्धि समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड पनि एकापसमा गाभिन लागेका हुन् ।

    यसअघि यी दुबै सहायक कम्पनीहरुले अलग अलग रुपमा मर्चेन्ट बैकिङ्गलगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गर्दै आएका थिए । मर्जरपश्चात् कम्पनीको चुक्तापूँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ