काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राइले विद्यालयय शिक्षा बिधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
साथै, सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा बिधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन्।
सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत बिधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


