Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आजबाट बसको अग्रिम टिकट बुकिङ खुला


ग्लोबल पाना
सोमबार, असोज २२ २०८०
  • 306
    SHARES

  • images
    आजबाट बसको अग्रिम टिकट बुकिङ खुला

    काठमाडौं । बडादसैँका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरुका लागि लामो तथा मध्यम दूरीका सवारी साधनमा आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।

    images
    images
    images

    टिकट बुकिङका खुला भएसँगै गोङ्गबुस्थित नयाँ बसपार्कका काउन्टरहरूमा ठूलो भीड लागेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुला भएको बताए ।

    गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको सहमति अनुसार आजदेखि दसैँ लागि टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । हरेक वर्ष दसैँ, तिहार र छड पर्वलगायत प्रमुख चाडपर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन्।

    दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिस बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको भए पनि यस पटक केही ढिला गरी टिकट बुकिङका खुला भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ