Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो


ग्लोबल पाना
सोमबार, असोज २२ २०८०
  • 256
    SHARES

  • images
    इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन्।

    images
    images
    images

    राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन्।

    उनले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूती प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    त्यसैगरी उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ