Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इजरायल घटनामा देशले होनहार युवा गुमाएको भन्दै प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


ग्लोबल पाना
सोमबार, असोज २२ २०८०
  • 214
    SHARES

  • images
    इजरायल घटनामा देशले होनहार युवा गुमाएको भन्दै प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी मुलुकका होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन्।

    images
    images
    images

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

    प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल थालिसकेको उल्लेख गरेका छन्।

    प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपूर्वक अघि बढ्न सम्पूर्ण दिदीबहिनी, दाजुभाइमा अपिल गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ