Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इजरायलमा निधन भएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक


ग्लोबल पाना
मंगलबार, असोज २३ २०८०
  • 298
    SHARES

  • images
    इजरायलमा निधन भएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

    काठमाडौं। सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा आज राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निणर्य गरेको हो।

    images
    images
    images

    सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारले इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०/१० लाख राहत दिने निणर्य पनि गरेको छ भने द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउनका लागि तयारी गर्ने निणर्य गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन्।

    बैठकले परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने, इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निणर्य गरेको प्रवक्ता शर्माले बताइन्।

    त्यस्तै अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निणर्य भएको उनले बताइन्।

    परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा नेपालीहरुलाई सुरक्षित स्थानमा ल्याउनका लागि पहलकमदी भइरहेको जानकारी दिए। इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने उनले बताए।

    सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निणर्य गरेको छ भने यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेको छ

    सरकारले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०/१० लाख रुपैयाँ दिने निणर्ग पनि गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ