Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गाजामा शरणार्थी शिविर बन्यो अस्पताल : डाक्टरले भने, ‘२५०० बेडमा ४५०० घाइते राख्नुपरेको छ’


ग्लोबल पाना
बिहीबार , असोज २५ २०८०
  • 338
    SHARES

  • images
    गाजामा शरणार्थी शिविर बन्यो अस्पताल : डाक्टरले भने, ‘२५०० बेडमा ४५०० घाइते राख्नुपरेको छ’

    काठमाडौं । इजरायलको लगातार आक्रमणका बीच गाजाको अवस्था झन् कठिन बन्दै गएको छ । गाजाको एक अस्पतालमा कार्यरत एक डाक्टरले त्यहाँको अवस्थाबारे बीबीसीलाई जानकारी दिएका छन् ।

    images
    images
    images

    अस्पताल क्षमताभन्दा बढी भाइते भरिभराउ भए पनि घाइते आउने क्रम जारी रहेको उनले बताए । प्यालेस्टिनी शल्यचिकित्सक घसान अबु सिट्टाले गाजामा काम गरिरहेको अस्पताल शरणार्थी शिविर बनेको बताएका छन् ।

    डा सिट्टाले बीबीसीलाई भने, “मानिसहरू डराउँछन् र आफ्नो परिवारलाई अस्पतालको परिसरमा बस्न ल्याइरहेका छन्। उनीहरूले यसलाई सुरक्षित ठाउँ ठान्छन्।” उनले भने, ‘अस्पतालमा घाइतेको लाम लागेको छ ।’ यो अस्पताल क्षमताभन्दा बढी भरिएको चिकित्सक सिट्टाले बताए ।

    गाजाका अन्य अस्पतालहरू पनि उस्तै अवस्थामा छन्। “गाजाका अस्पतालहरूमा २२०० देखि २५०० बेडहरू छन् र हामीसँग ४५०० घाइते छन्,” उनले भने।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ