Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने


ग्लोबल पाना
बिहीबार , असोज २५ २०८०
  • 273
    SHARES

  • images
    इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

    काठमाडौं। हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ।

    images
    images
    images

    परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरिसकेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो।

    उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए। एक जनाको अवस्था अझै अज्ञात छ। इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ।

    शव ल्याउन केही ढिलाइ हुने

    इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ। इजरायल सरकारले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ