Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध


ग्लोबल पाना
शुक्रबार, असोज २६ २०८०
  • 220
    SHARES

  • images
    वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध

    मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

    images
    images
    images

    डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उप प्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता गर्नुभएको हो ।

    भेटवार्तामा विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो ।

    अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुराहरु नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन आग्रह गर्नुभयो ।

    ‘वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौं, तर सबै कुरा भनिएजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन्’ छलफलमा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौं ।’

    जवाफमा उपनिर्देशक बो लीले भन्नुभयो, ‘सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौं, हामीले सुधार गर भन्ने नै हो ।’ छलफलपछि इसिएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आईएमएफ बोर्डबाट पास गर्ने सहमति बनेको छ ।

    आईएमएफ निर्देशक र अर्थमन्त्री डा. महतबीचको छलफल सकरात्मक भएको बताइएको छ । थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्ने बारेमा छलफल भयो ।

    छलफलमा अर्थ सचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ