Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल गोरखा समाजको सातौं वार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
मंगलबार, असोज ३० २०८०
  • 339
    SHARES

  • images
    ग्लोबल गोरखा समाजको सातौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौं । प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको ७ औँ बार्षिक साधारण सभा तथा अक्षयकोष स्थापनार्थ कार्यक्रमको सम्पन्न भएको छ।

    images
    images
    images

    सोमबार समाजले अक्षयकोषका लागि लाखौँ रुपैँया सहयोग रकम संकलन गर्दै ७औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रमको अबसरमा संस्थाको वृद्धि विकासमा टेवा पुर्याउन स्थापना कालदेखि विभिन्न पदमा रही योगदान पुर्याएका कार्यसमिति तथा संस्थालाई सम्मान पनि गरिएको छ ।

    सम्मानीत भएकाहरु मध्य समाजका प्रमुख संरक्षक जर्मनका अवैतनिक राजदुत राम प्रताप थापा, एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष एवं एनआरएनका उपमहासचिव विनय अधिकारी, संस्थाका संस्थापक महासचिव एवं सल्लाकार विनोद पोखरल छन् । यस्तै, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिल लामिछाने, युवा व्यवसायी समिम अन्वर, गोरखा

    समाज केन्द्र काठमाण्डौँलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई खादासँगै सम्मानपत्रले सम्मानीत गरिएको हो । यस बर्षको लोक सांस्कृतिक युवा प्रतिभा पुरस्कार भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाका अध्यक्ष हरिराम परियारलाई प्रदान गरिएको छ ।

    एनआरएनको हालसालै भएको विभिन्न देशका महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित समाजका पदाधिकारीहरुलाई पनि सम्मानीत गरिएको थियो । यसरी सम्मानीत हुने मध्य एनआरएन राष्ट्रिय समन्वय परिषद हङकङको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित समाजका अध्यक्ष गोकणर् ढकाल, एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वारोध निर्वाचित समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराई, एनआरएनए राष्ट्रिय समन्वय परिषद वेल्जिएमको नवौँ महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वाचित समाजका सचिव मदन दवाडी रहेका छन् ।

    संस्थाका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने, विशिष्ट अतिथि पुर्व मन्त्री चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, अतिथिहरु एनआरएनका अध्यक्षका उम्मेदवार रामकुमार शर्मा (आरके), रविना थापा, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सीना, चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा, शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर पुन, धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ लगायतले मन्तव्य राखेका थिए।

    कार्यक्रमका वक्ताहरुले संस्थाले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका गोर्खाली तथा समग्र गोरखाको विकासका निम्ती खेलेको महत्पूणर् भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता समाजिक गतिविधिलाई चुस्तदुरुस्त पार्न शुभकामना दिएका थिए ।

    स्थापना कालदेखि नै प्रवासमा रहेका गोरखालीहरुको हकहितको संरक्षणका साथै गोरखाको समग्र बिकासका लागि आवश्यक विभिन्न महत्वपूणर् छलफलत तथा कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

    समाजले समस्यामा परेका गोर्खालीहरुको आपतकालिन अबस्थामा उद्धार गर्नुपरेमा या विभिन्न सेवामुलक कार्यक्रमहरु निरन्तरता दिने उदेश्यले स्थापना गरेको अक्षयकोषका लागि ३० लाख रुपैँयाभन्दा बढि रकम संकलन भएको संस्थाले जनाएको छ ।

    कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले ५ लाख, उपाध्यक्ष आकाश बन्जाराले १ लाख ५० हजार, उपाध्यक्ष भट्टराईले १ लाख, महासचिव विराट खनालले १ लाख, वेलायतका उपाध्यक्ष बम गुरुङले १ लाख, उपाध्यक्ष गणेश लामिछानेले १ लाख ५५ हजार, सचिव दवाडीले १ लाख, सचिव प्रेम पाण्डेले ५० हजार, कोषाध्यक्ष ज्ञानेन्द्र आलेले ५० हजार, प्रवक्ता शिव बन्जाराले ५० हजार, युवा संयोजक सुवास सिंह बस्यातले ५० हजार, सदस्य मनोज पाण्डेले ५० हजार, सदस्य योगेन्द्रराज जोशीले १ लाख, सदस्य सुरेश भट्टले ५० हजार, सदस्य रेजिना छिनालले ५० हजार रकम सहयोग गरेका छन् ।

    यस्तै सदस्य विनिता लामिछानेले ५० हजार,सदस्य जीवन गुरुङले ५० हजार, एनआरएनका अध्यक्ष रामकुमार शर्माले पाँच लाख १ रुपैँया लगायत थुप्रैले सहयोग दिने घोषणा गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ