Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
मंगलबार, असोज ३० २०८०
  • 315
    SHARES

  • images
    एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् ।’

    images
    images
    images

    युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ, मन्त्री डा. महतले भन्नुभयो, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् ।

    त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसक्यो । अहिले निजी क्षेत्रबाट ३ सय मेगावट जलविद्युत उत्पादन भइरहेको छ ।

    सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेका छन् । माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ । हामीले ऋण सहुलियत दरमा मागेका छौं ।’ ‘आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्नेछ ।

    यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं, अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ’ उहाँले भन्नुभयो, ‘हामी बुढिगण्डकी जलासययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौं ।’ मन्त्री डा. महतले भन्नुभयो, ‘लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा छ । बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ ।

    बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ ।’ जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउनु हुँदैन मन्त्री डा. महतले भन्नुभयो, ‘अर्को क्षेत्र भनेको पर्यटन हो ।

    यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरु फर्किदा सानो पूँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । उनीहरुले यही सानो व्यवसाय सुरु गरिसकेका छन् । हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौं । अनुदार र करको सुरक्षा सरकारले गर्छ ।

    यसबाट उत्पादन बढाउने सरकारको योजना छ ।’ ‘नेपालमा धेरै नकरात्मक भावना फैलिएको छ, अब सकारात्मक भावना फैलाउ । नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन् ।

    खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौं । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौं ।

    सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाईंहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ ।’ ०४६ सालपछि हाम्रो कूलग्राहस्थ उत्पादनमा ६० गुणाले वृद्धि भएको छ, प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको छ, औषत आयु ५४ वर्षबाट ७२ वर्ष भएको मन्त्री डा. महतले जानकारी दिनुभयो ।

    राजश्व अनुपात कुलग्राहस्थ उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युतको पहुच ९७ प्रतिशतभन्दा बढी छ । गाउँ गाउँमा सडक सञ्जाल पुगेको छ, बालमृत्यु दर २७ मा झरेको छ ।

    २५४ बाट मातृ मृत्युदर ८५० बाट १५१ मा झरेको मन्त्री डा. महतले जानकारी दिँदै भन्नुभयो, ‘यसका बाजुद हामीले यो उपलब्धी हासिल गर्यौं भनेर सन्तुष्ट हुने ठाउँ छैन, अपेक्षा अत्यन्त ज्यादै छ ।’ ‘सामाजिक सञ्जालका जमाना छ ।

    संसार मोबाइल फोनमा भेटिन्छ, नेपालीहरु यो विषयमा उदार छन् । गाँस काटेर भए पनि हामी स्मार्ट फोन प्रयोग गर्नेमा अग्रपंक्तिमै छौं’ मन्त्री डा. महतले भन्नुभयो, हिजो के थियो, के कारणले गर्न सकेनौं भनेर हामीले चित्त बुझाउने ठाउँ छैन, त्यो कसैले सुन्न चाहँदैनन् ।

    अरु देश त्यहाँ पुगिसक्यो, तिमीहरुले किन पुर्याएनौं ?’ मन्त्री डा. महतले भन्नुभयो, ‘द्वन्द्व, अस्थिरता, भुकम्पलगायत हामी अनेकौं कठिनाइबाट गुज्रियौं । त्यही एक्सक्युजेज दिएर चित्त बुझाउन सक्दैनौं ।

    यसकारण हामीले भविष्यको सुस्पष्ट मार्गचित्रका साथ जति हामीले गर्यौं, यतिले पुगेन, जति प्रयास हिजोदेखि आजको दिनसम्म भयो, यतिले पुगेन, एउटा लक्ष्य, इमान्दारिता र समर्पणका साथ अब ज्यादा काम गर्नुपर्ने चुनौति छ ।’ ‘व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले राकिनु हुँदैन ।

    पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन, यो व्यक्तिको स्वतन्त्रता हो । यो स्वतन्त्रता उपभोग गर्दै लाखौं नेपालीहरुले आफ्ना आकाक्षा पूर्ति गर्न मुलुक बाहिर गएका हुन्, मन्त्री डा. महतले भन्नुभयो, ‘तर के सधैं बाहिरै जानुपर्दैन, मलाई लाग्छ, गैरआवासीय नेपालीहरु फर्किनु हुन्छ ।

    कतिपय युवास्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सुष्म दृष्टिले हेर्नुपर्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ