Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश


ग्लोबल पाना
मंगलबार, असोज ३० २०८०
  • 427
    SHARES

  • images
    लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

    काठमाडौं । नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रारम्भिक चरणको दोस्रो लेगमा मंगलबार नेपालले लाओसलाई हराउँदै दोस्रो चरणमा पुगेको हो ।

    images
    images
    images

    लाओसको घरेलु मैदानमा भएका खेलमा नेपालले लाओसलाई १-० (समग्रमा २-१)ले हराउँदै दोस्रो चरण प्रवेश गरेको हो ।

    नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले खेलको ५३ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए ।

    काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । समिकरण अनुसार नेपालले दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

    नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ