Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आर्थिक मन्दीको प्रभावः खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न बाध्य


ग्लोबल पाना
बुधबार, कात्तिक १ २०८०
  • 284
    SHARES

  • images
    आर्थिक मन्दीको प्रभावः खरिद गर्ने मानिस नहुँदा सस्तोमा खसी-बोका बेच्न बाध्य

    सिरहा। अन्य समय भन्दा बढी दशैमा बढी मूल्यमा बिक्री हुने खसी बोकाको मूल्य आर्थिक मन्दीका कारण घटेपछि किसानहरु मर्कामा परेका छन्। अत्याधिक मात्रामा मासुको खपत हुने दशैंमा नै आर्थिक मन्दीका कारण तराई मधेशका बजारहरुमा खसी-बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भए पछि किसानहरु चिन्तित बनेका हुन्।

    images
    images
    images

    सिरहा धनगढीमाई-१३ का किसान शुक्रलाल लामाले गोलबजारको मंगलबारे बजारमा बिक्रीका लागि ल्याइएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका १३ हजारमा बिक्री गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नु पर्‍यो।’

    बजारमा खरिद गर्नेभन्दा बढी खसी-बोका भएकाले दशैंको मुखमा पनि सस्तोमा बेच्न बाध्य भएको उनले सुनाए। ‘राम्रो मूल्य पाउँला र दशैंको खर्च जोहो गर्न सजिलो भनेर बोका पालेको थिएँ तर भने जस्तो मूल्य पाइन’ उनले भने।

    दुर्गा पूजामा बोका बली दिँदै आएका नरहा-५ का बलदेव यादवले यो वर्ष सोचेको भन्दा कम मूल्यमा बोका पाएकोले ठूलै खरिद गरेको बताए। उनले अरु वर्ष १५-१७ हजार पर्ने बोका यो पटक ११ हजार मै खरिद गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। ‘सधैं महगोमा बोका किन्नुपर्थ्यो, यो पटक भने सोचेको भन्दा धेरै कम मूल्यमा बाका पाएँं,’ उनले भने।

    गोलबजार नपा ६ मा लाग्ने खसी बजारमा अहिल्लो दशैंको बेला प्रत्यक हाटमा तीनसय भन्दा बढी खसी बोका बिक्री हुने भए पनि यो वर्ष आधाभन्दा कम बिक्री भइरहेको बजारका ठेकेदार बीरेन्द्र यादवले बताए। उनले भने, ‘दशैंका बेला हामीलाई खसी बोको पुर्जा बनाउन पनि हम्मे हम्मे पर्थ्यो, हिजो आज हटियामा एकसय बिक्न पनि मुस्किल हुने गरेको छ।’

    दशैंका बेला बजार मूल्य ह्वात्तै बढे पनि खसी बोकाको मूल्य भने स्वात्तै घटेको छ। जसका कारणा बाख्रा पालक किसान भने मर्कामा परेका छन्। बजार मूल्य बढेका र आर्थिक मन्दिका कारण बजारमा दशैं आएजस्तो चहलपल पनि नदेखिएको स्थानीयले बताएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ