Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नवरात्रको चौथो दिन, माता कुष्माण्डाको पूजा आराधना गरिँदै


ग्लोबल पाना
बुधबार, कात्तिक १ २०८०
  • 302
    SHARES

  • images
    नवरात्रको चौथो दिन, माता कुष्माण्डाको पूजा आराधना गरिँदै

    काठमाडौं। नवरात्रको चौथो दिन आज नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ। साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ।

    images
    images
    images

    कुष्माण्डा देवीलाई ब्रह्माण्ड उत्पत्तिको कारक मानिएको छ। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । आठ वटा हात हुने भएकाले कुष्माण्डालाई अष्टभुजा देवी पनि भनिन्छ।

    नवरात्रमा प्रत्येक दिन एक-एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

    नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय-समयमा विभिन्न रूप लिएकी थिइन्।

    आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। यसै घडामा महाकाली-महालक्ष्मी-महासरस्वतीको पनि आराधना गरिन्छ।

    ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ। तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्छिन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ