Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दैनिक ५० हजार यात्रु काठमाडौंबाट बाहिरिँदै


ग्लोबल पाना
बुधबार, कात्तिक १ २०८०
  • 354
    SHARES

  • images
    दैनिक ५० हजार यात्रु काठमाडौंबाट बाहिरिँदै

    काठमाडौं। विजया दशमीमा गाउँघर जानेको संख्या बढ्न थालेपछि काठमाडौंको भीडभाड कम हुन थालेको छ। नयाँ बसपार्क लगायत अन्य नाकाबाट दैनिक करिव ५० हजार यात्रु बाहिरिरहेका छन्। र यो संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

    images
    images
    images

    नयाँबसपार्क, कंलकी, कोटेश्वारलगायत राजधानीको विभिन्न बसपार्कमा बिहानैदेखि बेलुकासम्म आफ्नो गाउँघर जानेको लाइन देख्न सकिन्छ। २२ असोजयता मात्रै काठमाडौंबाट करिब साढे दुई लाख जना विभिन्न नाका हुँदै दशैं मनाउन घर फर्किसकेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

    सोमबार साँझसम्म करिब साढे दुई लाखले उपत्यका छाडेको र मंगलबारबाट दैनिक ७०-८० हजारले उपत्यका छाड्न थालेको कार्यालयले जनाएको छ।

    असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र २९ गते बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्। यात्रुहरूको चाप बढेपछि यातायात व्यवसायीले गाडी थप्न थालेका छन्।

    उपत्यका ट्राफिक कार्यालयका अनुसार घटस्थापनादेखि नै अधिकांश कलेज, विद्यालय र संघसंस्था बन्द भएसँगै सवसाधारण घर फर्किन थालेका छन्। मंगलबारबाट दैनिक ७०-८० हजार जनाको संख्यामा दशैं मनाउन घर फर्किएका छन्।

    ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने चारवटै नाकामा यात्रु सहायता कक्ष र चेकजाँच गर्ने ठाँउ राखेको छ। काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। हरेक नाकामा सुरक्षा व्यवस्था मिलाइएको छ।

    नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौँबाट बाहिर गएको बताए।

    उनले आगामी एक-दुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत उल्लेख गरे। अहिले दैनिक काठमाडौँको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ