Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘पशुपति प्रसाद २, भष्मे डन’ को सुखद सुरुवात


ग्लोबल पाना
बुधबार, कात्तिक ८ २०८०
  • 391
    SHARES

  • images
    ‘पशुपति प्रसाद २, भष्मे डन’ को सुखद सुरुवात

    काठमाडौं । दशैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २, भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ। यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिए।

    images
    images
    images

    “दशैंको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौं। यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौं। त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको संकेत गरेको छ”, निर्माता लामिछानेले भने।

    सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन्। उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रुपमा दर्शकले रुचाएको बताए।

    “समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ। उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाई पनि छ”, अभिनेता कार्कीले भने, “यही चरित्रमार्फत म दर्शक माझ परिचित बनेँ। यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो । अहिले दर्शकको प्रिय बनेको छ।”

    चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले जानकारी दिए। यसलाई ‘पशुपति प्रसाद’ को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए। उनले भने, “यसमा कथालाई निरन्तरता दिएका छौं। सबै पात्र हुनुहुन्छ। त्यसैले यो पहिलो भागकै निरन्तरता हो।”

    चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रका वितरक करण श्रेष्ठले चार दिनमा रु छ करोड बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिए।

    नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ। पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ। यद्यपि तथ्यांक दशैं सकिए लगत्तै सार्वजनिक गर्नेछौं।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ