Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेर बीच भेटवार्ता


ग्लोबल पाना
शुक्रबार, कात्तिक १० २०८०
  • 213
    SHARES

  • images
    अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेर बीच भेटवार्ता

    लुवाण्डा, एङ्गोला । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ। अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको संसद भवनमा बिहीबार भेटवार्ता भएको हो।

    images
    images
    images

    भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्ड बीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरुको महत्वपूर्ण भूमिका रहेको बताए। “नेपाल र आयरल्याण्ड बिचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद र संसदहरुको महत्वपूणर् भूमिका रहेको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “संसदीय अनुभवको आपसी आदनप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रकृयालाई सवल बनाउने अवसर हाम्रो सामु रहेको छ।” उनले दुई देशका बिचमा यस अघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने बिश्वास ब्यक्त गरे।

    “आगामी दिनमा नेपाल र आयरल्याण्डका संसद बीच साँसद र कर्मचारी दुबै तहमा भ्रमण आदानप्रदान निरन्तर गर्न सकिएमा एक अर्काको असल अभ्यास सिकेर दुबै सांसद लाभान्वित हुनेछन।” अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बिचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरे।

    भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुबै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए। नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए।

    आयरल्याण्डमा बस्ने नेपालीहरुले त्यहाँको औषधी उद्योग र स्वास्थ्य क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै त्यसका लागि धन्यबाद दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ