काठमाडौं । ३ पटक लगातार उपलब्धि हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । अहिले फिल्म क्षेत्रमा निर्देशक नारायण रायमाझीले ‘ह्याट्रिक’ रेकर्ड बनाउन सफल भएका छन् ।
लोकदोहोरीको राम्रो पहिचानपछि निर्देशनमा होमिएका रायमाझीको ‘परदेशी २’ सफल भएसँगै हिट फिल्म निर्देशनमा ह्याट्रिक रेकर्ड बनेको हो । यसअघि उनी निर्देशित दुई फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएको थियो ।
‘परदेशी २’ गत २६ असोजबाट देशभर प्रदर्शनमा आएको फिल्म हो । फिल्म अहिले तेस्रो सातामा प्रदर्शनरत छ ।
प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको फिल्म राजेश बंशल र निर्देशक रायमाझीको निर्माण बनेको हो ।
उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवाको कथामा निर्माण भएको फिल्म नारायण इन्टरनेसनलको प्रस्तुतिमा बनेको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


